९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने ? 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तत्कालीन गठबन्धन जोगाउन भूमिका खोज्दा सभापति शेरबहादुर देउवाले आवश्यक पर्दा बोलाउने जवाफ दिएको बताएका छन् । बुधबार काँग्रेस मुख्यालय सानेपामा भेटिएका महामन्त्री थापाले गठबन्धन सफल भएको भए पनि आफूहरूले टुटाउन खोजेको आरोप खेपिरहेको हुने बताए । 

“गठबन्धन सफल भएको भए हामीलाई ‘तिमिहरूले भत्काउन चाहन्थ्यौ, त्यसमा सकेनौ’ भन्ने आरोप लागिरहन्थ्यो,” उनले भने, “गठबन्धनको व्यवहारको जिम्मा लिएका नेताहरुले गठबन्धन मिलेपछि श्रेय लिने, बिग्रिएपछि जिम्मा लिन पन्छिहाल्ने, सकिनँ पनि भन्नुपर्थ्यो ।”

देउवालाई वस्तुस्थितिबारे ब्रिफिङ गरेको र आवश्यक पर्दा बोलाउने जवाफ दिएको थापाले बताए । 

“गठबन्धनको व्यवहार सीमित नेताहरुले मात्र गर्नुपर्छ भन्ने गरी व्यवहार भयो । हामीहरू गठबन्धनको विरुद्धमा रहेको ट्याग लागेकाले अलग रहने कुरा भयो,” उनले भने, “हाम्रो कुरा राख्न चाहन्थ्यौँ, विभिन्न माध्यमबाट आफ्ना कुरा राख्यौँ । त्यतिबेला गठबन्धनको कुरा दुई-तीन जना नेताले गर्नुपर्छ भनियो । वार्ता गरिरहेका छौँ भनियो ।”

‍‍‍‍‍‍टिकट बाँड्ने समयमा राजनीतिक व्यवहार काँग्रेसभन्दा पनि गठबन्धन जोगाउन केन्द्रित भएको उनले बताए । थापाले भने, “काँग्रेसले काँग्रेस भएर सोच्नेभन्दा पनि गठबन्धन जोगाउन प्राइमरी कुरा हो भनेर सोच्यौँ । त्यसको जवाफ दिनुपर्दैन ?”

“पार्टी सभापतिले सबै कुरा म गर्छु भनेपछि हस्तक्षेप कसरी गर्ने ? टेलिफोन गर्दा के के काम गर्नुपर्छ भनेँ । भएका सूचना र अवस्थाको ब्रिफिङ गरेँ । म पर्‍यो भने बोलाउँछु भनेपछि गर्ने के ?,” थापाले प्रश्न गरे ।

दुर्घटनामा पर्न सकिने कुरा विश्लेषण भएको र सभापति देउवाले परेको बेला बोलाउने भन्ने जवाफ पाएपछि पछि हटेको थापाले बताए । “हस्तक्षेप भनेको के गर्ने रु त्यहाँ गएर नाच्ने, उफ्रने हो कि ? नारा लगाउने हो ?,” थापाले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस