८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टी-२० लिगमा जनकपुरको सातौँ जित, लुम्बिनीसँग क्वालिफायर्स खेल्ने

अ+ अ-

काठमाडौँ । जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा सातौँ जित हात पारेको छ ।

जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र जोड्यो ।

यस खेलसँगै दुवै टिमको लिग चरणको खेल सकिएको छ । नतिजा अनुसार शीर्षमा रहेका यी दुई टिमले नै एक अर्कासँग क्वालिफायर्समा भेट गर्नेछन् ।

लुम्बिनी १० खेलमा ८ जित र २ हार सहित १६ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर समान १० खेलमा ७ जित र ३ हार सहित १४ अङ्कको साथमा दोस्रो स्थानमा छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा चिसो मैदान (वेट आउट फिल्ड)का कारण १७ ओभरमा घटाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेस्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ब्याटिङ प्रदर्शन गरे ।

ओपनर ब्याटर सराफुदिन असरफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए ।

ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए । समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलीप नाथले १० रन बनाए । अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २-२ विकेट लिए । पत ब्रोउन र ईशान पाण्डेले एक(एक विकेट लिए ।

जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि अनिल साहले ३५ रन बनाए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । ओपनर लहिरु मिलन्थाले १८ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल ५ रनमा प्रियन्जनको हातबाट बोल्ड भए ।

सुनिल धमलाले २० बलमा २७ रन जोडे। गुल्सन झा १० रनमा रन आउट भए । योगेन्द्र सिंह कार्की र ईशान पाण्डे क्रमशः ४ र २ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस