काठमाडौँ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सरकारका लागि संसद्मा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।
साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।