१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 चिराइतोको माग बढ्दो, उत्पादन घट्दो

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनका मानबहादुर राईले पाँच वर्षअघि मकै, कोदोजस्ता मुख्य बाली लगाउने जग्गामा चिराइतो लगाए ।  चिराइतोबाट मनग्य आम्दानी पनि लिए । तर पछिल्लो समय बजारमा चिराइतोको मूल्यमा ह्रास आएसँगै राईले चिराइतो खेती गर्न छोडिसके । 

राईले सात वर्षअघि एकै याममा ७५ मन(४० केजीको एक मन) सम्म चिराइतो उत्पादन गर्थे । राईले गरेको चिराइतो खेतीबाट प्रभावित भएर सोही गाउँका दावा शेर्पाले पनि अरू खेती गर्न छोडेर चिराइतो खेती गर्न थाले। जङ्गलमा मात्र पाइने घर आँगनमै शेर्पाले चिराइतोको बेर्ना उमार्न थाले । बारीका कान्ला र डिलहरू कहिँकतै ठाउँ खाली नराखी चिराइतो बेर्ना लगाए । शेर्पाले पनि चिराइतोबाट राम्रो आम्दानी लिएका थिए । 

त्यति बेला सोही गाउँमा कमल राई वैदेशिक रोजगारीमा जनाका लागि सोच बनाउँदै थिए ।  तर चिराइतोको बजार मूल्यले राईको मन लोभ्यायो । अनि राईले वैदेशिक रोजगारी जाने सोच परिवर्तन भयो । उनले गाउँमा बाँझो जमिनमा चिराइतो खेती गर्न थाले । एक/दुईजना गर्दागर्दै गाउँका प्रायः सबैले चिराइतो खेती गर्न थाले । जङ्गलमा मात्र पाइने चिराइतो व्यावसायिक रूपमै हुन थाल्यो र मुख्य आम्दानीको स्रोत बन्न पुग्यो । त्यस समयमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङ बताउछन् । 

जीविकोपार्जन गर्न तथा समुदायमा आम्दानीको स्रोत बढाउन परिषद्ले सहयोग गरेको चम्जोङको भनाइ रहेको छ । तर अहिले भने याम्फुदीनमा चिराइतो खेती गर्ने किसान भेट्न मुस्किल छ । बिस्तारै चिराइतोको बजार मूल्य खस्कँदै गएसँगै चिराइतो खेती गर्न छोडेर अन्य वैकल्पिक व्यवसाय गर्न थालेका सिरिजङ्गा गाउँपालिका-७ सूर्यमान राईले बताए । 

राईले भने,’विगतका वर्षमा २२ मनसम्म चिराइतो जम्मा गरियो तर अहिले भने खेती गर्न छाडियो ।’ फक्ताङलुङ गाउँपालिका–६ का राजकुमार राईले बजार मूल्य खस्कँदै गएसँगै चिराइतो खेती गर्न छोडेर अलैँची खेती गर्न थालेका छन् । सिदिङवा गाउँपालिका–७ सुरुम्खिमका कृष्णकुमार तामाङले चार वर्षअघि चिराइतो बेच्न सकेनन् ।  पहिले प्रतिमन रु ३५ हजारमा बिक्री गरेको चिराइतो कोरोना महामारीका कारण नाका बन्द हुनु र भाउसमेत आठदेखि १० हजार रुपैयाँमा झरेपछि बिक्री गर्न नसकेको तामाङ बताउछन् । उनले करिब ५० रोपनीमा चिराइतो खेती गरेका थिए । 

व्यवसायी सविन बानियाँका अनुसार अहिले प्रतिमन चिराइतो झापामा रु २५ हजारदेखि ३० हजारमा कारोबार भइरहेको छ । यो गत वर्षको भन्दा करिब तीन गुणाले बढी हो । ‘केही वर्षअघि ३२ हजार प्रतिमन पनि तिब्बत लगेर बेच्यौँ, त्यसपछि लगातार घटेको चिराइतोको मूल्य अहिले फेरि सुधार भएको छ’’ व्यवसायी बानियाँले भने ‘चीन तर्फको नाका बन्द भए पनि भारततर्फ कारोबार भइरहेको छ ।” अलैँची उत्पादन नहुने क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो ।

अन्तर्राष्ट्रियस्तरका ठुला व्यापारीले चिराइतोको मूल्य निर्धारण गर्छन्, किसानले पाउने भनेको थोरै मात्र हो । सस्तोमा खरिद गरेर भण्डारण गर्ने र अनि भाउ बढाउँछन्, फेरि किसानबाट खरिद गर्ने बेलामा भाउ घटाउने गरेको बानियाँ बताउछन् । राज्यले नै यसलाई प्रशोधन गरेर बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ । 

फक्ताङलुङ गाउँपालिका-५ का चिराइतो व्यापारी सुसन लिम्बूका अनुसार किसानले चिराइतो खेती गर्न छाडेकाले चिराइतो सङ्कलनमा कमी हुँदै गएको छ । उनले भने, ‘चिराइतोका माग उच्च छ, तर उत्पादन छैन । दुई/चार वर्ष बजार मूल्य नहुँदा किसानले खेती गर्न छोडे ।’ विगतका वर्षको तुलनामा यस वर्ष एक तिहाइ मात्र चिराइतो सङ्कलन हुन सकेको उनको भनाइ छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा विगतका तुलनामा चिराइतो उत्पादन कमी हुँदै गएको परिषद्का कार्यालयका कार्यालय सचिव मनकुमार लिम्बूले बताए ।  पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ ।

चार वर्षअघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड-१९ का कारण चार वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायत सामानको निकासी पनि ठप्प बनेको छ । बिक्रीका लागि ओलाङ्चुङगोलासम्म पुर्‍याएका चिराइतो व्यापारीले फर्काएको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन बालुङले बताए ।  अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकप्टरबाटसमेत तिब्बत लगिएको थियो । सात वर्षअघि रु एक लाख प्रतिक्विन्टल रहेको मूल्य दुई वर्षमा रु ३० हजारमा झर्‍यो । त्यसयता क्रमशः बजार मूल्य ओरालो लाग्दै गयो । कुनै समयमा एक लाखमा बिक्री गरेर चिराइतो रु आठ हजारसम्ममा बिक्री गर्नुपरेको फक्तााङलुङ गाउँपालिका–६ लावचेका किसान बुद्धिराज राईले बताए । 

पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएको छन्  । प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भनेजस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन । अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । 

आर्थिक वर्ष २०७८/८९ मा  पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले बताए । छुट पुर्जीका लागि प्रतिकेजी रु १५ राजस्व जम्मा गर्नुपर्दछ । पाँच हजार आठ सय केजी चिराइतो सङ्कलन हुँदा ८७ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार तीन सय ३४।१० केजी चिराइतो सङ्कलन भएको र यसबाट दुई लाख चवालिस  हजार पाँच सय बढी राजस्व सङ्कलन भएको थियो । जिल्लामा वार्षिक ३५ हजार केजीसम्म चिराइतो उत्पादन हुने गरेको शाहले बताए । 

नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्याण्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्वजरल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । 

यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिको रूपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बल वर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ ।

महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न÷गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । लामो समयदेखि नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायतका जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ । केही वर्षदेखि विभिन्न जिल्लामा चिराइतोको व्यावसायिकरूपमै खेती गर्न थालिएको छ । विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए पनि नेपालमा १० प्रजातिका चिराइतो पाइन्छ । 

वनस्पति विभागका अनुसार विशेष गरी बारी वा झाडीको भित्तोमा प्राकृतिक रूपमै आफैँ उम्रने र बढ्ने चिराइतोको वैज्ञानिक नाम ‘स्वेर्सिया चिराइतो’ हो भने यो ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने बुट्यान हो । समुद्री सतहबाट करिब एक हजार पाँच सयदेखि चार हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवरे्द्धक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ । कीटाणुनाशक यो जडीबुटी जनावरले नखाने र रोगकीरासमेत लाग्दैन । 

प्रतिक्रिया दिनुहोस