२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने

अ+ अ-

काठमाडौँ । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे सङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरूलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो ।

पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गरेर काम भइरहेको छ ।

माघे सङ्क्रान्तिका भक्तजन तथा अन्य यात्रुहरूलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरू आउने गर्दछन् ।

अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सो सडक खण्डमा पर्ने तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भएकाले सडक नै बन्द गरेर काम गर्नुपरेको हो । यी चार कठिन भूगोलमध्ये अझै बढी चुनौती चिसेन्जी खोला र तुइन खोलामा छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ ।

तोकिएको एक महिनाको अवधिमा पनि भित्तो काट्ने काम नसकिएपछि ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले थप २१ दिनको म्याद माग गरेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको लागि भित्ता काट्ने काम सकिए पनि चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काटेर सक्न बाँकी नै छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरे पनि स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने हो, सो बारेमा निर्णय लिने बताए । ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ चैत १० गते एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । हालसम्म नारायणगढ-मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन् । बाँकी १५ वटा पुल बनिरहेका छन् । १५ मध्ये पनि ९ वटा पुल निर्माण सम्पन्नको करिब अन्तिम चरणमा छन् ।