२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङबाट बिदा मनाउन नेपाल आएका २ नातिनी र हजुरआमा अस्ताए सेती खोँचमा

अ+ अ-

पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना आउँदै थिइन् । त्यसैले पोखरा महानगरपालिका–१५ राम बजारकी ओममाया गाडी चढेर शुक्रबार काठमाडौँ हानिइन् ।

छोरी र नातिनी भनेपछि ओममाया हुरुक्कै हुन्थिन् । ‘छोरा भने पनि यिनै हुन्, छोरी भने पनि यिनै हुन्,’ २ छोरी जन्माएपछि ओमकुमारीले यही भन्ने गरेकी थिइन् । छोरा नै चाहिन्छ भन्ने समाजको पछाडि उनी लागिनन् ।

उनका दुवै छोरी हङकङमा छन् । ओममाया गुरुङका श्रीमान् ब्रिटिस आर्मी थिए । उनको २३ वर्ष अगाडि नै निधन भइसकेको थियो । छोरीहरू दुवै हङकङतिरै भएपछि ओममाया उनीहरू आउने बाटो हेरिरहन्थिन् ।

जेठी छोरीतर्फकी कान्छी नातिनी यास्मिन गुरुङले पोखरामै बसेर बीएससी पढिरहेकी थिइन् । उनै यास्मिनलाई लिएर ओममाया हङकङबाट आएकी पूजनलाई लिन शुक्रबार काठमाडौँ गएकी थिइन् ।

हङकङबाट पुजन आएपछि शनिबार तीनै जना काठमाडौँमै बसे र आइतबार पोखरा नै आएर माघे संक्रान्ति मनाउने योजनाअनुसार यती एयरलाइन्सको टिकट काटे ।

आफन्तहरूका अनुसार उनीहरूले आइतबार दिउँसोको टिकट काटेका थिए । तर बेलैमा पोखरा पुगेर माघे संक्रान्ति मनाउने योजनाअनुसारै उनीहरूले आफ्नो उडान अगाडि सारे । बिहान साढे १० बजे उनीहरू यती एयरलाइन्सको जहाज चढेर करिब ११ बजे पोखरा ओर्लने परिवारका सदस्यले जानकारी पाएका थिए ।

पूर्व लेखनाथ क्षेत्र हुँदै आएको जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट पश्चिम पृथ्वी चोकतिरबाट फन्को मार्दै ल्यान्डिङ नै हुन नपाई सेती खोँचमा बजारियो ।

बिदा मनाउन हङकङबाट आएकी पूजन र पोखराबाट सँगै गएका ओममाया र नातिनी यास्मिनको सँगै माघे संक्रान्ति मनाउने योजना अधुरै रह्यो ।

‘उहाँ जहिले पनि ट्याक्सी लिएर यता हिँड्नुहुन्थ्यो, नातिनी ल्याउन–पुर्‍याउन पनि ट्याक्सीकै प्रयोग गर्नुहुन्थ्यो, शुक्रबार उहाँ गाडी चढेर काठमाडौँ जानुभयो । हामीले ट्याक्सीमै गएर त्यसमै आउने मान्छे किन पब्लिक गाडीमा गएको होला भनेर कुरा पनि गर्‍यौँ’, ओममायाका भाइ रूपक गुरुङले भने, ‘उहाँ र २ नातिनीहरूसँगै हिजो जहाजमा आउनुभएको थियो तर घरको आँगनसम्म आउन पाउनुभएन ।’ २ नातिनीको शव पहिचान भइसकेको छ भने ओममायाको हुन सकेको छैन ।

ओममाया ६७ वर्षमा टेकेकी थिइन् भने नातिनी यास्मिन २५ र पुजन २० वर्षकी रहेको रूपकले बताए ।

‘माघे संक्रान्ति त बरु अर्को वर्ष मनाए पनि हुन्थ्यो तर दिदी र नातिनीहरू नै गुमाउनुपर्‍यो,’ उनले भने । ओममायाको जस्तै २ छोरीहरूका पनि २/२ जना छोरीहरू थिए । दुवै छोरीका एक–एक छोरी हजुरआमा ओममायासँगै विमान दुर्घटनामा परे ।

ओममाया श्रीमान्को निधनपछि सामाजिक काममा सक्रिय थिइन् । परोपकार महासङ्घ कास्कीको अध्यक्षसमेत रहेकी ओममाया महिलाहरूलाई सामाजिक कामका लागि जागरूक गराउँथिन् ।

‘सामाजिक काम भनेपछि हुरुक्कै, गाउँ, टोलमा हुने सामाजिक तथा भौतिक विकासमा पनि अगुवा हुनुहुन्थ्यो,’ओममायाका छिमेकी तथा पूर्व जनप्रतिनिधि सम्मरबहादुर श्रेष्ठले भने, ‘उहाँले थुप्रै ठाउँमा दान दिनुभएको छ, विकासमा सहयोग गर्नुभएको छ ।’