१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष

अ+ अ-

काठमाडौँ । काठमाडौँदेखि पोखरामा जाने क्रममा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासङ्घ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ ।

पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् । सोमबार कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरे जुटाउने महासङ्घले जनाएको छ ।

उक्त कोषबाट ‘त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदेश भरका पत्रकार मध्यबाट एक पत्रकारलाई (पछि कार्यविधि तय भए अनुसार) प्रदान गरिनेछ । पुरस्कारसम्बन्धी कार्यविधि भनेपछि बनाइने महासचिव सुवेदीले बताएका छन् ।

‘अहिलेलाई अक्षयकोष स्थापना गर्ने निर्णय भएको छ । यही कोषबाट हरेक वर्ष हाम्रा संस्थापक अध्यक्षको स्मृतिमा प्रदेशस्तरीय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । यसको कार्यविधि बनेपछि बनाइने छ,’ उनले भने ।

माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार ७२ जनासहित पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष रहेका ३७ वर्षे पौडेलको पनि निधन भएको हो ।

स्वर्गीय पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकारका सार्थ त्यसअघि महासङ्घ कास्कीको उपाध्यक्ष एवं २ कार्यकाल सचिव भएका थिए ।

राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट दुई दशकभन्दा अघि पत्रकारिता सुरु गरेका पौडेलले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा आबद्ध भई पत्रकारिता गरेका थिए । पछिल्लो समय उनी पोखरा हटलाइन दैनिकको प्रकाशक, सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस