२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार भित्र अब धाराको पानी !

अ+ अ-

काठमाडौँ । नवनियुक्त खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहणका क्रममा मन्त्रालयमा बोतलको पानी किन भनेर प्रश्न गरेका छन् । 

माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको भए पनि बुधवार (आज) मात्रै उनले पदभार ग्रहण गरेका हुन् । 

उनले मन्त्रालय प्रवेश लगत्तै मन्त्रालयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन् । 

सचिव मणिराम गेलालले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँगको सहकार्यमा सिंहदरबारमा नै धारा जडानको काम सुरु गर्ने जानकारी दिए । 

‘हामी केयूकेएल भन्छौँ, मेलम्चीको स्वस्थ गुणस्तरीय पानी खुवाउने भन्छौँ, आफै चाहिँ विश्वास नगरेर बोतलको पानी पिउँछौँ’ मन्त्री खानले भने, ‘अबदेखि बोतलको पानी बन्द गरौँ, धाराको पानी पिऔँ ।’ 

सचिव गेलालले मन्त्री खानको स्वागतकै क्रममा सिंहदरवारभित्र मेलम्चीको पानी सिधै पिउन मिल्ने व्यवस्था गर्न प्रयास भइरहेको र छिट्टै यो कार्यान्वयन हुने बताए । 

युरोपतिर जस्तै सिधै धाराको पानी थापेर पिउने व्यवस्था सिंहदरवारबाटै सुरु गर्ने कुरा सचिव गेलालले यसअघि नै सचिव बैठकमासमेत उठाएका थिए । केयूकेएलका कर्मचारीहरुलाईसमेत सो व्यवस्था गर्न निर्देशन दिएका थिए । सिंहदरवार पछाडि लोक सेवा कार्यालय सँगैको पानी ट्याङ्कीबाट मेलम्चीको प्रशोधित पानी सिधै सिंहदरवारस्थित मन्त्रालयका धारामा जडान गर्ने सचिव गेलालले बताएका थिए । 

खानेपानी व्यवस्थापनलाई थप मजबुत बनाउनका लागि केयूकेएल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन र आयोजना कार्यान्वयन निर्देशनालयलाई एकीकृत गर्ने गठित सचिव स्तरीय समिति निर्माण गर्ने प्रस्तावनामा मन्त्री खानले पहिलो हस्ताक्षर पनि गरेका थिए ।