९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रवि लामिछाने उम्मेदवार बने हराएर पठाउँछौँ’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भए हराएर पठाउने चितवन काँग्रेसले दाबी गरेको छ ।

नेपाली काँग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन-२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए काँग्रेसका लागि सहज हुने बताए ।

नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।

नयाँ दल र रविको तरङ्गले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गरे । काँग्रेस निकट चितवन–काठमाडौँ सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले भने, ‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने काँग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन ।’

सभापति शेरबहादुर देउवालाई भेटेर चितवन–२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताए । उम्मेदवारको आकाङ्क्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले सुनाए । जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए ।

गत निर्वाचनमा चितवन-२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ काँग्रेसबाट उम्मेदवार बनेका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् । काँग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले सुनाए ।

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले काँग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८८ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन-२ मा पुन निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस