९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

अ+ अ-

रुपन्देही । नेपाली काँग्रेस लुम्बिनीमा नयाँ नेतृत्व चयन भएको १४ महिनापछि २१ वटा विभागका प्रमुखहरू चयन गरिएको छ ।

संस्थापन इतर समूहको वर्चस्व रहेको समितिमा विभाग गठन गर्दा पनि २१ मध्ये ३ जना मात्रै संस्थापन समूहका परेका छन् ।

काँग्रेसको विधान २०१७ को परिच्छेद ४ को धारा १३ को उपधारा ११ (क) र (झ) मा व्यवस्था भए बमोजिम प्रदेश सभापति अमरसिंह पुनले विभाग प्रमुख मनोनयन गरेको मुख्यसचिव मोहनराज शर्माले जनाएका छन् ।

सभापति पुनले सङ्गठन विभागमा प्युठानका सुवास केसी (क), प्रदेश कानुन तथा संसदीय मामिलामा पाल्पाका महेन्द्रप्रसाद पाण्डे, प्रदेश तथा स्थानीय निकाय विभागमा प्युठानका अमरप्रसाद भण्डारी, प्रचार विभागमा दाङका प्रचण्ड विक्रम न्यौपाने, संस्था समन्वय विभागमा नवलपरासीका विश्व प्रेम पाठक, भाषा, कला, साहित्य विभागमा प्युठानका सुवास केसी, शिक्षा तथा विज्ञान प्रविधिमा अर्घाखाँचीका डा.जयबहादुर टण्डन, स्वास्थ्य विभागमा बाँकेका अञ्जना पाण्डे, गैसस तथा सामाजिक सेवा विभागमा कपिलवस्तुका रवीन्द्रनाथ ठाकुर, अनुगमन विभागमा दाङका देवनारायण चौधरी, युवा तथा खेलकुदमा रुपन्देहीका दीर्घ बहादुर केसीलाई मनोनयन गरेका छन् ।

त्यसै गरी शान्ति सुरक्षामा कपिलवस्तुका विक्रमसिंह थापा, ट्रेड युनियनमा रुपन्देहीका शान्ति शर्मा, अन्य पार्टी सम्पर्क विभागमा रुपन्देहीका रामबहादुर कार्की, तरुण समन्वय विभागमा बाँकेका टेकनारायण भुसाल, निर्माण व्यवसायीमा बर्दियाका भेषराज पौडेल, महिला समन्वयमा अर्घाखाँचीका शान्ता भण्डारी, सहकारी विभागमा रुपन्देहीका लीलाकुमारी पौडेल,वातावरण विभागमा बर्दियाका पुष्पलाल श्रेष्ठ, आदिवासी जनजातिमा गुल्मीका छन्द पहराई, यातायात विभागमा रोल्पाका पुष्पा श्रेष्ठले प्रमुखको जिम्मेवारी पाएका हुन् ।

लुम्बिनीमा संस्थापन इतर समूहको वर्चस्व रहेको छ । यस कारण पनि संस्थापन समूहमा रहेकाहरू विभागमा कम समेटिएको भन्दै संस्थापन समूहले असन्तुष्टि जनाएको छ । तर प्रदेश कोषाध्यक्ष प्रकाश रानाले प्रदेश समितिमा भएकाहरूबाटै विभागीय प्रमुख बनाइने भएको र संस्थापन समूहबाट कार्यसमितिमै ३ जना मात्रै भएकाले कम भएको स्वीकार गरे ।

०७८ मंसिर २० मा भएको प्रदेश अधिवेशनमा समितिमा उपसभापतिसहित २ सदस्य मात्रै संस्थापन समूहबाट जितेका थिए भने पछि एक जना मनोनीतमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस