काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आजका लागि निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १५८ रुपैयाँ १८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको कति?








