१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासंघका माग सम्बोधन गर्न पहल गर्ने रास्वपा महामन्त्रीको प्रतिबद्धता

प्रेस स्वतन्त्रता, श्रम अधिकार र सञ्चारमाध्यमको व्यावसायिक सुरक्षासम्बन्धी माग सम्बन्धित निकायसम्म पुर्‍याउने महामन्त्री विपिन आचार्यको आश्वासन ।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले पत्रकार तथा सञ्चारमाध्यमका समस्या सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा आफ्नो पार्टीको अडान परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै आचार्यले यस क्षेत्रलाई थप समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।

महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर अवरोध पुर्‍याउने व्यक्तिमाथि कारबाही नगर्दा दण्डहीनताले प्रश्रय पाएको महासंघको ठहर छ ।

गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस)सहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको तथा पारिश्रमिक नदिई श्रम अधिकार उल्लंघन गरिएको विषयसमेत महासंघले उठाएको छ ।

सरकारी विज्ञापन र सूचना वितरणमा सञ्चारमाध्यमलाई समान व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको भन्दै महासंघले आपत्ति जनाएको छ । लोककल्याणकारी विज्ञापनमा कटौती गरी सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरिएको र सूचनामा पहुँच सीमित पारिएको पनि महासंघको आरोप छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता र सञ्चारमाध्यमको आर्थिक तथा व्यावसायिक सुरक्षासम्बन्धी माग सम्बोधन गराउन नेपाल पत्रकार महासंघ हाल आन्दोलनमा छ ।

0 Comments