१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन : सरकारमा ल्याउने प्रयत्न : सञ्चार मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।

मङ्गलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले सरकार छोड्नु पार्टीको स्वतन्त्रता भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक पहल जारी रहेको बताइन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको उनको तर्क थियो । उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर गएको छ तर सरकरको समर्थन फिर्ता लिएको छैन । सरकार सङ्कटमा भन्ने स्थिति देखिँदैन । यसबारे गठबन्धन र सरकार सञ्चालन संयन्त्रमा छलफल भइरहेको छ ।’

रास्वपाले सरकार छाड्नु राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढङ्गले नै हल गर्नुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले गठबन्धन जोगाउन र रास्वपालाई सरकारमा ल्याउन प्रयत्न गरिरहेको कुरा सार्वजनिक रूपमा पनि बोल्नुभएको छ ।’

मन्त्री शर्माले कृषकहरूले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताइन् ।

उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको ग्यापलाई समाधान गर्ने बताइन् ।

उनले भनिन्, ‘किसान र उपभोक्ता बीचका बिक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालय स्तरीय बैठकमा छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस