२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अटो मोबाइल विलासिताको वस्तु होइन : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । समयअनुसार आवश्यक भइसकेको हुनाले अब सवारीसाधन विलासिताको वस्तुभित्र नभएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

शुक्रबार काठमाडौँमा सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा विद्युतीय सवारीसाधनको आवश्यकतासमेत बढेको बताए ।

‘कुनै समय मोबाइल फोन पनि विलासिताको वस्तुभित्र पर्थ्यो । नेताहरूले पनि म मोबाइल फोन प्रयोग गर्दिनँ भनेर स्पष्टीकरण दिनुपर्थ्यो,’ उनले भने, ‘तर, अहिले मोबाइल अत्यावश्यक वस्तुभित्र परिसकेको छ । त्यसै गरी, अटो मोबाइल पनि अत्यावश्यक वस्तुभित्र परिसकेको छ । सडक पूर्वाधार अत्यावश्यक हो भनेर लगानी गर्दै जाने, त्यही सडकमा गुड्ने सवारीसाधन भने विलासिताको वस्तु हो भन्न मिल्दैन ।’

नेपालमा विद्युत् उत्पादन बढ्दै गएको, तर इन्धनको आयात गर्दा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिएको उनको भनाइ छ । उनले भने, ‘त्यो अवस्थामा अब विद्युतीय सवारीसाधनको प्रयोग बढाउनैपर्नेछ, त्यो पनि सामान्य गतिमा होइन, द्रुत गतिमा ।’

यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अटो मोबाइल क्षेत्र अर्थतन्त्रको खम्बा भएको बताए । ‘सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने, सबैभन्दा बढी कर तिर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्र नै यही हो,’ उनले भने, ‘यदि यो क्षेत्र समस्याग्रस्त भयो भने अर्थतन्त्र नै चलायमान हुँदैन । तसर्थ, यसलाई सरकारले सोहीअनुरूप हेर्नुपर्छ ।’

यस्तै, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रको मनोबल बढाउने नीति आउनुपर्ने बताए । अहिले अर्थतन्त्र सहज अवस्थामा छैन, यो अवस्थामा सरकार र निजी क्षेत्र मिलेर सुधारको बाटोमा अग्रसर हुनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका राजेन्द्र मल्लले (ब्यालेन्स अफ पेमेन्ट) बिओपीलाई सन्तुलनमा राख्ने गरी अर्थतन्त्र अगाडि बढाउनुपर्ने बताए । ‘बिओपीलाई सन्तुलनमा ल्याउने नाममा कुनै वस्तुको आयातमा प्रतिबन्ध लगाउने, कुनै क्षेत्रलाई खुला छाड्ने गर्नुहुँदैन,’ उनले भने, ‘बिओपी सन्तुलनमा पनि आउने गरी सबै क्षेत्रलाई खुला छोड्ने गरी नीति ल्याउनुपर्छ ।’ यस्तै, किस्ता–किस्तामा नीति ल्याउने काम पनि गर्नु नहुने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जान श्रेष्ठले व्यवसाय अप्ठ्यारो परिस्थितिमा भएकाले निजी क्षेत्रलाई दुःख दिने काम गर्नु नहुने बताए । ‘अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ भन्दैमा निजी क्षेत्रले कहिलेसम्म धैर्य गर्ने ? कहाँसम्म धैर्य गर्ने ?’ उनले भने, ‘सरकारले अलि सोचविचार गरेर नीति ल्याउनुपर्छ ।’

यस्तै, नाडाका अध्यक्ष ध्रुव थापाले सरकारको नीतिका कारण अटो मोबाइलको व्यवसाय ८० प्रतिशत घटेको बताए । तसर्थ, यस क्षेत्रलाई तत्काल पुनरुत्थान गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ छ । साथै, आगामी पाँच वर्षभित्र निजी सवारीसाधनमा विद्युतीय सवारीसाधनको ५० प्रतिशत हिस्सा बनाउने गरी काम गरिरहेको बताए ।