काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
यस अवसरमा शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागितालगायतका क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्र मन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् । भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाइन् ।
आजै परराष्ट्र मन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत योङ म्यानले शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा परराष्ट्र मन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बर्ताए ।
यस अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताए ।