काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।
रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
“औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले देहायको योग्यता भएका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन कार्यालय समयभित्र यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौँमा आवेदन दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना :
