काठमाडौँ। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने त्रिदेशीय एकदिवशीय शृङ्खलाको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन्।
नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २/२ खेल खेल्ने छ।