२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माटोमा अम्लिय, नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

अ+ अ-

दाङ । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए ।

त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार जति सिफारिस गरिएको हो त्यति मात्रै चुन प्रयोग गर्नुपर्ने, प्राङ्गारिक मल एक हजार केजी प्रतिकट्ठा, माटोमा फसफोरस कम भएकाले सिफारिस मात्रामा मात्रै प्रयोग गर्नुपर्छ ।

तुलसीपुरको मुख्य बालीको रुपमा धान रहेको छ । जहाँ १० हजार हेक्टर क्षेत्रफलमा धान लगाउने गरिन्छ । जसबाट सरदर ३५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि महाशाखा प्रमुख गौतमले बताए । तुलसीपुरमा १५ हजार दुई सय २७ हेक्टरमा खेती हुने गरेकोमा धान मात्रै १० हजार हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ ।

त्यस्तै तुलसीपुरमा वार्षिक पाँच हजार हेक्टर क्षेत्रफलमा १० हजार मेट्रिक टन मकै उत्पादन हुनेगर्छ । त्यस्तै तीन हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुनेगर्छ जसबाट नौ हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै छ हजार हेक्टर क्षेत्रफलमा मसुरो खेती हन्छ जसबाट चार हजार मेट्रिक टन मसुरो उत्पादन हुने महाशाखा प्रमुख गौतमले बताए ।

त्यस्तै तुलसीपुरमा तीन हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुन्छ जसमा दुई हजार मेट्रिक टन उत्पादन हुनेगर्छ । त्यस्तै एक हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती हुने गरेकोमा त्यसबाट चार हजार मेट्रिक टन उत्पादन हुने पाइएको छ । एक हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको तुलसीपुरमा उत्पादन भने १६ हजार मेट्रिक टन हुन्छ । एक हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने र उत्पादन भने छ हजार मेट्रिक टन हुन्छ ।

तुलसीपुरमा धान खेतीका लागि तीन हजार एक सय २२ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । जसमा युरिया एक हजार नौ सय ५०, डिएपी छ सय ६३, पोटास पाँच सय आठ मेट्रिक टन आवश्यक पर्छ । मकैका लागि नौ सय ६९ मेट्रिकटन, गहुँका लागि एक हजार एकसय ९५ मेट्रिक टन, तरकारीका लागि तीन सय ३१ मेट्रिक टन र तोरीका लागि छ सय ४४ मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।