काठमाडौँ । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका-४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको विनायक नगरपालिका-६ तोलीका ३६ वर्षीय तुलबहादुर विकलाई चितुवाको छालासहित पक्राउ गरेको हो।
विकले चलाएको से ५प ८०३१ नम्बरको मोटरसाइकल पछाडि सवार खत्रीको झोलाबाट ७ फिट १० इन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र वन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन्।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।