काठमाडौँ । नेपाल टेलिकमले सह-प्रवक्ता पदमा उप प्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक भट्टराईलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
