९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असई हत्या कसुरमा सशस्त्रका जवानलाई जन्मकैद 

अ+ अ-

काठमाडौँ । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या कसुरमा सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीलाई जन्मकैद सजाय भएको छ।

सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले जन्मकैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले जानकारी दिए। 

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका-३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी)मा कार्यरत असई सिराहाको भगवानपुर गाउँपालिका-२ नरहाका ४५ वर्षीय यादवको गत असोज १९ गते हत्या भएको थियो।

हत्या कसुरमा सोही पोस्टमा कार्यरत प्रहरी जवान ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–२ का ३९ वर्षीय खत्रीलाई जन्मकैद, ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ जम्मा गराउने फैसला भएको हो। 

यादवको हत्या भएपछि मृतककी पत्नी फुलसैरदेवी यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। मोहनपुरस्थित बोर्डर आउट पोस्टभित्रै हत्या गरी घटना लुकाउन आरोपित खत्रीले अन्य व्यक्तिको सहयोगमा भारत पुर्‍याएर शव फालेको मृतक परिवारका सदस्यको आरोप थियो।

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव गत असोज २० गते बिहान फेला परेको थियो। सो घटनामा खत्रीलाई गत असोज २६ गते पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस