२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामवरण यादव र झलनाथ खनालको उपचार गर्न सरकारले दियो ४५ लाख

अ+ अ-

काठमाडौँ । सरकारले २०७९ साउनदेखि माघ महिनासम्म पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको लागि ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

विभिन्न व्यक्तिको आर्थिक सहायताको लागि भन्दै साढे ५ करोड रुपैयाँ वितरण गरिएकोमा पूर्व राष्ट्रपति यादवको उपचारमा २५ लाख र पूर्व प्रधानमन्त्री खनालको उपचारमा २० लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सहायता विवरणमा उल्लेख छ।

यादवलाई गत कात्तिक ३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ लाख दिइएको थियो। त्यति बेला सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए।

पूर्व प्रधानमन्त्री खनाललाई २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार २० लाख रुपैयाँ उपचार खर्च निकासा गरिएको थियो। 

त्यस्तै भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई दुई पटक गरी २७ लाख रुपैयाँ आर्थिक सहायता दिइएको थियो। 

प्रतिनिधिसभा निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

सरकारले सबैभन्दा बढी गत मंसिर महिनामा १ करोड ३० लाख ८४ हजार रुपैयाँ निकासा गरेको छ। मंसिरमा सङ्घ र प्रदेशको निर्वाचन भएको थियो।

निर्वाचन आचारसंहिताअनुसार आर्थिक सहायता वितरणमा रोक लगाए पनि एकै महिनामा १ करोड ३० लाखभन्दा बढी निकासा भएको विवरणमा उल्लेख छ।