२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । वनभोज खान गएका बेला चमेलिया नदीमा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या आशङ्कामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत बैतडीको दशरथचन्द नगरपालिका-१० का जीवन बुडालको हत्या भएको हुन सक्ने भन्दै आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ। 

नियन्त्रणमा लिइएको १२ जना वनभोजमा संलग्न भएको प्रहरीले जनाएको छ। मृतकसँग वनभोजमा गएका ११ जना र एकजना सवारी चालक गरी १२ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। 

दरशथचन्द नगरपालिका-१० खडेनीका बुडाल गत शनिबार चमेलिया नदीको दोगडाकेदार गाउँपालिका-४ जाडाबगड भन्ने ठाउँमा साथीहरूसँग वनभोज गएका थिए। त्यही साँझ उनको लास फेला परेपको थियो। सँगै वनभोज गएकाहरूले जीवनको पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको बताएका छन्। 

घटनास्थलमा लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद भएको भन्दै वनभोज गएका सबैमाथि अनुसन्धानको माग आफन्तले गरेका छन् । 

चमेलिया नदीमा मृत भेटिएका बुडालको बायाँ आँखामाथि र छातीमा घाउ भएको आफन्तको भनाई छ । वनभोजमा मृतक बुडालका आफ्नै भिनाजु र छिमेकी गाउँका युवा थिए। उनीहरूको कुरा पनि एक आपसमा जुधेको आफन्तले बताएका छन्। 

मृतक बुडालसँग वनभोजमा गएकाहरूले रमाइलो गर्नेक्रममा उनी पौडी खेल्न केही माथि गएको र धेरै बेरसम्म नआएपछि खोजी गर्दा आफूहरूले फेला पार्न नसकेको बताएका छन्। 

उनीहरूले नदीमा एक्कासि पानीको सतह बढेकाले मृतक बुडाल बगेको हुन सक्ने बताएका छन्। 

तल आएर खाना खाएपछि करिब दुई घण्टाको बाटो पार गरेर शेरा प्रहरी चौकीमा उक्त कुरा जानकारी गराएको उनीहरूको भनाई छ ।  

वनभोजमा गएकाहरूले चमेलियामा सतह बढेको बताए पनि चमेलिया जलविद्युत् आयोजनाले भने ड्याम नखोलिएको बताएको छ। 

दिउँसो १ बजे बेपत्ता भएको बुडालबारे साँझ ६ बने मात्र खबर पुगेको प्रहरीले बताएको छ। प्रहरीले उनको खोजी गर्दा वनभोज स्थलभन्दा केही टाढा नदीमा लास फेला पारेको थियो। सोमबार मृतक बुडालको पोस्टमार्टम गरिएको छ।