काठमाडौँ । आइसिसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युएईविरुद्धको खेलमा तेस्रो सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन् ।
कुशलले २५ औँ ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए ।
यसअघि सन्दीप लामिछानेले १४ औँ ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका थिए ।