काठमाडौँ । आइसिसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ।
युएईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि देव खनालले अर्धशतक प्रहार गरे। नेपालले ४८.५ ओभरमा १० विकेट गुमाएर १९१ रन जोडेको छ।
कप्तान देव खनालले ८४ रनमा ५१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनरद्वय दीपक बोहोरा ‘ए’ १ बलमै बिना रन आउट भए। अर्जुन कुमालले १५ बलमा ३ रन बनाएर आउट भए। आकाश त्रिपाटीले १३ बलमा ९ रन बनाएर आउट हुन पुगे। त्यस्तै उत्तम रंगु थापा मगरले ४८ बलमा ३६ रन बनाएर आउट हुन पुगे। विशाल ब्रिकम केसीले ५० बलमा ३८ रन बनाएर आउट हुन पुगे। मिलन बोहोराले २१ बलमा १० रन बनाएर आउट भए भने सुवास भण्डारीले १० बलमा २ रन बनाएर आउट भए। त्यस्तै हेमन्त धामीले १३ बलमा १३ रन बनाएर आउट हुन पुगेका थिए।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपालले सन् २०१६ देखि यू–१९ विश्वकपमा स्थान बनाउन सकेको छैन। सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१० विश्वकप गुमाइसकेको छ।
सन् २००० मा पहिलो पटक यू(१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो। सन् २०१० मा छनोट हुन नसकेको नेपालले २०१२ को विश्वकप पनि खेलको थियो।