२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोसपासँग नेम्वाङले मागे भोट, महन्थले दिए यस्तो जवाफ

अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई मत मागेका छन् । पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए । 

एमाले सचिव भट्टराईले नेम्वाङको उम्मेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४ गते बैठक बसेर निर्णय गर्ने बताएको जानकारी दिए । 

“सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न पार्टीको पक्षबाट आग्रह गरेका छौँ । २४ गते पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा गर्नु भएको छ । सुवास नेम्वाङको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया पाएका छौँ,” भट्टराईले भने ।

राष्ट्रपतिको निर्वाचनमा ह्विप नलाग्ने र सांसदहरूले विवेक पुर्‍याएर मत दिने भट्टराई बताउँछन् । उनका अनुसार अब नागरिक उन्मुक्ति र जनमुक्ति पार्टीलाई भेट्ने तयारी छ । 

लोसपाका नेता राजेन्द्र महतोले नेम्वाङलाई शुभकामना दिइएको बताए ।

नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को कार्यालय पुगेर मत मागेका थिए ।

२५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । पौडेल भने सांंसदहरुलाई प्रदेशस्तरमा भेला गर्दै मत मागिरहेका छन् ।