२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दबाब समूह बनाउँदैमा ऋण मिनाह हुँदैन’ 

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने, समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन्।

उनले व्यवसायीहरूले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाइ कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न चेतावनी दिए।

उनले बैंक वित्तीय संस्थाहरूले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरूको रकम नभएर जनताको पैसा भएको उल्लेख गरे। डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरूले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए।

बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने उनको भनाइ थियो। साथै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यवसायीहरूले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैङ्कले वित्तीय संस्थाहरूसँग छलफल गरिरहेको बताए।

उनले व्यवसायीहरूको सम्पत्ति बैंकहरुले लिलामी गर्न रोक्नेलगायतका विषयमा ऋणीहरूलाई बुझाउँदै आएको पनि उल्लेख गरे। बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने उनको भनाइ छ।