काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ।
पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हाँसिल गरेको छ। आजको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ।
लिग-२ को अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो। आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो।
नेपाल ३४ खेलबाट ३६ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।







