२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व सङ्कलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिविम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीप्रति सर्वसाधारणमा रहिरहेको नकारात्मक भावलाई सकारात्मक छविका रूपमा रूपान्तरण गर्ने वातावरणका साथ काम गर्न निर्देशन दिए ।

मालपोत र नापी कार्यालय कलङ्कीको आकस्मिक निरीक्षणपछि उनले भने, ‘भूमि प्रशासनप्रको सेवा सबै नागरिकसँग कुनै न कुनै रूपमा जोडिने भएकाले सेवा प्रवाहमा सुधार गरी सबै कर्मचारीले आफ्नो दक्षता र क्षमताको पूर्ण उपयोग गर्नुस् ।’

मन्त्रालयका सहसचिव निराजन घिमिरेले कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित बनाउन र सेवाग्राहीको भनाइ आदरतापूर्वक सुनिदिने वातावरण विकास गर्न जरुरी रहेकाले सोहीअनुरूप काम गर्न निर्देशन दिए। नापी कार्यालय कलङ्कीका प्रमुख हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्नु कार्यालयको प्रमुखको जिम्मेवारी भएको बताए । नापी कार्यालयका प्रमुख खिम रानाले नापी कार्यालयले सदाचारसहितको सेवा प्रवाहलाई मूल मन्त्र बनाई अगाडि बढिरहेको र भूमि प्रशासनको सेवामा आँच नआउने गरी काम गर्ने अठोट गरे ।