२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिउँदा मटेलीलाई सरकारले राख्यो शहीदको सूचिमा

अ+ अ-

डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा डोटीका चक्रबहादुर मटेलीको नाम पनि समावेश गरिएको छ ।

डोटीको बडीकेदार गाउँपालिका-२ छेडा गाउँका (साबिकको बर्छैन गाउँ विकास समिति–८) का ५९ वर्षीय चक्र बहादुर मटेलीको नाम सरकारले शहीदहरूको सूचीमा राखेको छ । उनी सरकारको नजरमा जिउँदो शहिद हुन पुगेका हुन्।

फागुन १५ गते सशस्त्र विद्रोहका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सम्मान स्वरूप शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको थियो ।

सोही अनुरूप फागुन २९ गते राज पत्रमा प्रकाशित डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जना मध्ये मटेलीको नाम ४२ औँ नम्बरमा रहेको छ ।

सरकारले उनलाई २०५९ साल वैशाख १९ गते मृत्यु भई शहीद घोषणा गरिदिएको छ ।

सरकारले आफूलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो नरहेको मटेली बताउँछन् । उनी भन्छन् ‘आफू मृत्यु तुल्य अवस्थामा रहेका कारण यसमा कुनै गुनासो छैन, म मरे सरह नै छु शरीरको ३ ठाउँमा गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, श्वास मात्रै बाँकी छ ।’

मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही सेनाले गरेको आक्रमणमा परि घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन्, तर म जिउँदै रहेछु ।’ आफूलाई छाक टार्ने व्यवस्था गरिदिन पटक पटक सबै पक्षलाई अनुरोध गर्दा पनि कसैले नसुनेको उनको गुनासो छ ।

‘माओवादी विद्रोहकै क्रममा मेरो यस्तो अवस्था भयो तर माओवादीहरूले पनि हेरेनन् माओवादी सरकारमा भएका बेला पनि मैले धेरै नेताहरूलाई आग्रह गरेँ, आफ्नो समस्या भनेँ, तर कसैले सुनेनन्,’ उनले भने ।

माओवादी नेतृत्वको सरकार रहेका बेला आफू र आफू जस्ता निर्दोष द्वन्द्व पीडितहरूको समस्या बुझिदिन उनले आग्रह गरेका छन् ।