२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुटिया दिपायल फास्ट ट्रयाक र खप्तडको विकास प्रमुख प्राथमिकता हो : मुख्यमन्त्री शाह

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको क्षेत्र रहेको बताएका छन् ।

नेपाली कांग्रेस डोटीले सोमबार दिपायलमा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा भेटघाट कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका थिए ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री शाहले भने, ‘हाम्रो प्रमुख प्राथमिकता भनेको खुटिया दिपायल फास्ट ट्रयाक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु हो’ यसका साथै प्रदेश सरकारका गौरवका योजनालाई समेत प्राथमिकता दिने बताएका थिए ।

आफू जनताको काम गर्न मुख्यमन्त्री पदमा नियुक्त भएकोले प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गरी एकद्धार प्रणाली मार्फत स्रोत साधनको पूर्ण सदुपयोग गरी जनताको शिर निहुराउन नदिने समेत मुख्यमन्त्री शाहले बताएका थिए ।

मुख्यमन्त्री शाहले सोमबार शिखर नगरपालिका वडा नम्बर ११ मा रहेको नदी कटान क्षेत्रको अवलोकन समेत गरेका थिए । मुख्य मन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा पनि पहाडी जिल्लाको भ्रमणमा डोटी पुगेका हुन् ।

मुख्यमन्त्री शाह सोमबार गृह जिल्ला अछाम गएका छन् । मुख्यमन्त्री शाहको आजदेखि जिल्लाका विभिन्न स्थानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।