८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई पालिकामा एउटै व्यक्ति प्रमुख प्रशासकीय अधिकृत !

अ+ अ-

काठमाडौँ । बझाङमा दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ । एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा पालिका हेर्न हम्मे हम्मे परिरहेका बेला बझाङमा भने एकै व्यक्तिलाई दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।

बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पदमराज उपाध्यायलाई दिइएको छ । करिब एक वर्षअघि केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका उपाध्यायलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २९ गतेदेखि बुङ्गल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले बुङ्गल नगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृत बिरामी भएपछि केही समयको लागि उपाध्यायलाई बुङ्गलको जिम्मेवारी पनि दिइएको हो । गाउँपालिकामै कामको चाप भएका बेला नगरपालिकाको समेत जिम्मेवारी दिएपछि अहिले उनलाई काम गर्न भ्याइनभ्याइ छ । उपाध्यायले आइतबार, सोमबार र मंगलबार केदारस्युँमा र बुधवार, बिहीबार र शुक्रवार बुङ्गलमा काम गर्ने गर्दछन् । उनले भने, ‘भ्याइनभ्याइ छ । कहिलेकाहीँ शनिवार पनि काम गर्ने गरेको छु ।’ 

बुङ्गल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले राजीनामा दिएको र स्थानीय तहले सिफारिस गरेको व्यक्ति मन्त्रालयले नपठाउँदा पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको थियो ।  पालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन हुन नदिन उपाध्यायलाई दुवै पालिकाको जिम्मेवारी दिइएको हो । बुङ्गल नगरपालिकाका प्रमुख जयबहादुर धामीले भने, ‘मन्त्रालयमा पटक पटक भनेको छु । मन्त्रालयले गम्भीर रूपमा नलिँदा एउटै प्रमुख प्रशासकीय अधिकृतले दुई पालिकाको काम हेर्नु परेको छ । समस्या भएको छ ।’

जनशक्ति अभावका कारण समयमा नै प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईले नगरपालिकाको काम नरोकियोस् भन्नका लागि मन्त्रालयले नजिकैको पालिका हेर्ने व्यक्तिलाई जिम्मेवारी दिएको बताए । उनले, ‘दरबन्दी अनुसारको कर्मचारी खटाउन मन्त्रालय लागि परेको छ ।’

प्रतिक्रिया दिनुहोस