काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार दिउँसो उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनको उम्मेदवारी दर्ता गराउन रास्वपाका सभापति रवि लामिछाने लगायत नेताहरू पनि पुगेका थिए। लामिछानेले पनि चितवन क्षेत्र २बाट उपनिर्वाचन लड्दै छन्।
वैशाख १० गते हुने उपनिर्वाचनको लागि सोमबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गराउन निर्वाचन आयोगले समय तोकेको छ।







