काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेवार नेताहरूबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका हुन् ।
नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्ने गरी बैठकमा छलफल भएको बताए । उनले भने, ‘कोशी प्रदेशमा नेता साथीहरूले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ ।’
कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ।