२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजधानी दाङ सारेको सम्झेर कति पिरोलिने ?’

अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएको विषय सम्झेर सधैँ पिरोलिन नहुने बताएका छन् ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको ११औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले आफूले बुटवलमा स्थायी राजधानी बनाउन सकेसम्म प्रयास गरे पनि प्रदेश सभाले दाङ निर्णय गरेकाले अब राजधानीको विषय कोट्याएर समय खेर नफाल्न आग्रह गरे ।

स्थायी राजधानी दाङ भए पनि पूर्वाधार र विकासमा बुटवललाई उछिन्न नसक्ने दाबी गर्दै पौडेलले व्यावसायीहरुलाई निराश नहुन आग्रह गरे ।

उनले भने, ‘अब राजधानी राजधानी राजधानी भन्न छाडिदिनुस् । सकेसम्म प्रयास गरेको हो तर प्रदेश सभाले निर्णय गरेपछि त्यही कुरा सम्झेर कति दिन पिरोलिने , राजधानी जाँदैमा सबै सकियो भन्ने लघुताभास पाल्न हुँदैन ।’ पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालनका लागि उपयुक्त कार्यविधिबारे आफूले सुझाव दिएको र छिटो सञ्चालनमा आउने आशा व्यक्त गरे ।

अमेरिकाको न्यूयोर्क, भारतको मुम्बई र युएईको दुबईको उदाहरण दिँदै पौडेलले प्रशासनिक राजधानी नहुँदैमा आकाश नखस्ने र धर्ती नफाट्ने तर्क गरे । सङ्घीयता कार्यान्वयनमा आउनुअघि नै बुटवल र रुपन्देही पूर्वाधार विकासका दृष्टिले आर्थिक केन्द्रको रूपमा स्थापित भइसकेको तथ्यलाई नबिर्सेर अब रुपन्देहीलाई थप समृद्ध बनाउने विषयमा बहस गर्न पौडेलले व्यवसायीलाई आग्रह गरे ।

नागरिक उड्डयन प्राधिकरणको हेलचेक्र्याइँ र लापरबाहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पर्याप्त मात्रामा हुन नसकेको भन्दै पौडेलले व्यवसायीले गरेको दबाबमूलक आन्दोलनमा ऐक्यबद्धता जनाए ।

पौडेलले बुटवलमा सञ्चालनमा आउन लागेका २ वटा केबलकार, बुटवल कालिकापथको रात्रिकालीन व्यवसायले बुटवलको पर्यटनमा ठूलो टेवा पुग्ने औँल्याए ।