१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय पुरुष हक्कीको उपाधि त्रिभुवन आर्मीलाई

अ+ अ-

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

सोमबार राति विराटनगरमा भएको खेलमा साबिक विजेतासमेत रहेको आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीले प्रतियोगिताको उद्घाटन खेलमा पुलिसलाई पराजित गरेको थियो । पहिलो संस्करण गण्डकी र दोस्रो संस्करणमा लुम्बिनीले उपाधि जितेको थियो ।

नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका हरिदत्त पाण्डे, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट डिफेन्डर पुलिसका योगेश बारघरे, इमर्जिङ प्लेयर सुदूरपश्चिम प्रदेशका महेश नेपाली र सर्वोत्कृष्ट खेलाडी आर्मीका नितिश न्यौपाने भए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दक्षिण एशियाली महिला हक्की प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग गर्ने बताए ।

आगामी वर्षको नीति कार्यक्रममा एवं बजेटमा यस प्रतियोगितालाई राख्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘हक्कीका लागि आवश्यक पर्ने जग्गा जोहो गरे प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न सहयोग गर्छ । यस खेलमा युवा पुस्तालाई आकर्षण गराउन र अन्य प्रविधि कुरामा सहयोग गर्न प्रदेश सरकार तयार रहेको छ ।’

प्रतियोगिताको विजेता आर्मीले ७५ हजार र उपविजेता नेपाल पुलिसले ४१ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । त्यस्तै मधेस प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान भएको सुदूरपश्चिम प्रदेशले २५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा आर्मी, पुलिस, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

खेलाडीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, हक्की सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मा, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला, प्रतियोगिताका संयोजक रञ्जन थापा, नेपाल हक्की सङ्घ मोरङका अध्यक्ष राजेश गुप्ता, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरेका थिए ।