२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढाकाकुमारसँग बयान लिने रास्वपाको तयारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । रास्वपाको अनुशासन समितिले श्रेष्ठलाई पार्टी कार्यालय बसुन्धारा बोलाएर बयान लिन लागेको हो ।

स्वास्थ्य मन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले आज सांसद श्रेष्ठको बयान लिन लागिएको बताए ।

देवकोटाका अनुसार सोमबार साँझ पार्टीको ताकेता पछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

सम्बन्धित समाचार : पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार्छु : सांसद ढाका