काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले आउँदो वर्ष २०८० का लागि स्नातक र स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तालिका सार्वजनिक गरेको हो ।
स्नातकको जेठ, असोज र माघमा लाइसेन्स परीक्षा हुनेछ । स्नातकोत्तरको विशेष परीक्षा साउन, मंसिर र चैतमा हुने तालिका छ ।
आउँदो वर्ष स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ १७, १८ र १९ गते हुनेछ । त्यसका लागि वैशाख ४ गतेदेखि अनलाइन फारम खुला गरिनेछ ।
हेर्नुहोस् काउन्सिलले जारी गरेको सूचना :
