११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुल निर्माणको पाँच वर्षपछि उद्घाटन

अ+ अ-

बेनी । म्याग्दीको रघु गङ्गा गाउँपालिका-१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर रघु गङ्गा गाउँपालिका-१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्त रूपमा पुल उद्घाटन गरेका थिए ।

पुल निर्माण सकिएको भए पनि बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पर्यटन पार्क र समुदाय स्तरबाट चौतारी, विश्राम स्थललगायत पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।

बेनी–जोमसोम सडक खण्डको तिप्ल्याङबाट बाँदुक-बेग हुँदै पर्यटकीय स्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको उनले भने ।

बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको उक्त झोलुङ्गे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ । तत्कालीन जिल्ला विकास समितिले दुई करोड ७९ लाख ९० हजार लागतमा पुल निर्माणका लागि मुक्तिनाथ/श्री गीता जेभीलाई ठेक्का लगाएको थियो ।

विसं. २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटिएको छ ।

दुई गाउँलाई जोड्ने पुल सञ्चालनमा आएपछि भिर र खोलानालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस