१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

अ+ अ-

पर्वत । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ ।

तीन वर्षअघि तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले सो नगर अस्पतालको भवन शिलान्यास गरेका थिए । अस्पताल बनाउन भन्दै खनिएको घडेरीमा अहिले ठुला– ठुला बोट उम्रिएका छन् ।

घडेरी सम्याउनका लागि समथर बनाइएको जग्गाबाटै अनावश्यक ढुङ्गा–माटो निकासी भएपछि निर्माणले गति लिन सकेको छैन ।

खनिएकै घडेरीका कारण अहिले भइरहेको देवीस्थान स्वास्थ्य चौकीको भवनसमेत जोखिममा परेको छ । अस्पताल भवन निर्माण त परै जाओस् भइरहेको स्वास्थ्य चौकीको भवन जोगाउनका लागि नाली खन्ने काम भइरहेको फलेवास वडा नं ६ का अध्यक्ष नवीन श्रेष्ठले बताए । घडेरी खन्ने क्रममा त्रुटि भएकाले समस्या भएको उनले जानकारी दिए ।

साबिकको भवन जोगाउनका लागि रोकथाम गर्न थालिएको छ । घडेरी खन्ने नाममा अनावश्यक खर्च गरिएको छ । वडा नं ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १४ शय्याको अस्पताल निर्माण गर्न थालिएको थियो ।

निर्माण व्यवसायी र प्राविधिक सबैको मिलेमतोमा कमजोरी भएको जनप्रतिनिधिले नै बताउने गरेका छन् । अस्पतालको घडेरी सम्याउँदासमेत २० लाखभन्दा बढी खर्च भएको नगरका आर्थिक संयोजक मानबहादुर कुँवरले बताए । ‘डिपिआर’समेत नगरी खनिएको घडेरीमा चाहिनेभन्दा बढी ढुङ्गा–माटो निकालिएपछि समस्या भएको उनले बताए ।

उक्त नगर अस्पतालको निर्माणलाई अघि बढाउन अहिले पनि कुनै पहल भएको छैन । तत्कालीन सरकारले एक पालिका एक आधारभूत अस्पताल बनाउने निर्णयसँगै सुरु भएको अस्पताल निर्माणले गति नलिँदा स्थानीय चिन्तित बनेका छन् ।

नगरका प्रवक्ता अच्युत तिवारीले अस्पतालको काम अघि बढाउनेबारे कार्यपालिकामा छलफल भइरहेको जानकारी दिए । सोही ठाउँमा बनाउने वा अन्यत्र जग्गा व्यवस्थापन गरेर बनाउनेबारे आवश्यक निर्णय गरेर अघि बढ्ने तयारी भएको उनले बताए ।

स्थानीय राजकुमार क्षेत्रीले अस्पताल बनाउने नाममा अनावश्यक खर्च गरिएको आरोप लगाए । जमिनको भौगोलिक अवस्था कमजोर भएकाले अस्पताल बन्न नसकेको उनको भनाइ छ । केही जनप्रतिनिधिको स्वार्थका कारण अस्पताल बनाउने ठाउँ नै खण्डहरजस्तो बनेको उनको भनाइ छ ।

नगर अस्पताल निर्माणका लागि संघीय सरकारले १० करोड ६३ लाख विनियोजन भएको भए पनि काम हुन नसक्दा बजेट ‘फ्रिज’ हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस