२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा तयार

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा तयार गरेको छ । मन्त्रालयले नेपालको अर्थतन्त्रको माग अनुरूप गुणस्तरीय जनशक्ति विकासका लागि राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा तयार गरेको हो । 

मन्त्रालयका अनुसार जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीति तथा मापदण्ड आवश्यक पर्ने भएकाले सोही अनुरूप मस्यौदा तयार गरिएको छ । मन्त्रालयले शुक्रबार नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय सुझाव मागेको छ । राष्ट्रिय जनशक्ति नीति तर्जुमा समन्वय समितिको निर्णयअनुसार आन्तरिक छलफल प्रयोजनार्थ सरोकारवालाबाट राय सुझाव सङ्कलनका लागि मस्यौदा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । 

यो नीतिले दक्ष जनशक्तिको पहिचान, जनशक्ति आपूर्ति, उत्पादन र त्यसलाई व्यवस्थित गर्न मापदण्डका आधारहरू तयार गर्ने छ । राष्ट्रको दीर्घकालीन सोच, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकास लक्ष्य, विषयगत मन्त्रालय तथा निकायका नीति, आवधिक योजनाका लक्ष्यलाई समेत सम्बोधन गर्ने गरी नीतिको मस्यौदा तर्जुमा गरिएको मन्त्रालयले छ ।

जनशक्ति विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको नीति तथा मापदण्ड आवश्यक पर्ने भन्दै मन्त्रालयले त्यसको लागि मस्यौदा तयार पारेको हो । नीतिले सङ्घ, प्रदेश र स्थानीय तहको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन जनशक्ति विकास योजना निर्माण हुने, राष्ट्र निर्माणका लागि जनशक्तिको प्रक्षेपण भई माग र आपूर्तिबिच सन्तुलन कायम हुने, सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज, सरोकारवालालगायत सम्बद्ध पक्षको समन्वय र सहकार्य स्थापित हुने छ ।