९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरद्वारा कानूनविपरित सफ्टवेयरको प्रयोग

अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक आय सङ्कलनका लागि कानूनविपरित सफ्टवेयर प्रयोग गरेको पाइएको छ । 

महानगरले आय सङ्कलनका लागि महालेखा नियन्त्रक कार्यालयको स्वीकृत नलिई सफ्टवेयर प्रयोग गरेको पाइएको हो । यसरी प्रयोग गरेको सफ्टवेयरको विश्वसनीयताप्रति महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६२(३) मा प्रणाली विकास गर्नुपर्ने भएमा महालेखा नियन्त्रक कार्यालयको स्वीकृत लिनुपर्ने व्यवस्था छ । भरतपुर महानगरपालिकाले महालेखा नियन्त्रक कार्यालयको स्वीकृत बेगर आन्तरिक आय सङ्कलनका लागि एक कम्पनीको सूचना प्रणाली प्रयोग गरी यो वर्ष रु. १ अर्ब ३० करोड २५ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९ ले समेत उल्लेख गरेको छ ।  

स्वीकृति बेगरको त्यस्तो सफ्टवेयर प्रयोग गर्दा उक्त प्रणालीको सुरक्षा, आन्तरिक आयको यथार्थता, त्यसले तयार गर्ने प्रतिवेदनको विश्वसनीयता र सम्भाव्य जोखिम बारे आश्वस्त हुन नसकिएको प्रतिवेदनमा उल्लेख छ । कानुनी व्यवस्थाको पालना गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस