काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, डलरको खरिद दर १३० रुपैयाँ ६२ पैसा र बिक्री दर १३१ रुपैयाँ २२ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ।
यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ३५ पैसा र बिक्री दर १६४ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
