१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीले फेरिएको दैनिकी

अ+ अ-

वालिङ । बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ ।

लामो समय काँध र पिठ्युँमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट-१ वीर डाँडा, मैदान, पल्ली गाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ ।

जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी फेरिएको छ । बिहानै उठेर कुवामा पानी भर्न जानुहुने स्थानीय जानू सिञ्जा लीजस्तै धेरै महिला दिदीबहिनी, दाजुभाइले एक गाग्री पानीका लागि लामो समय तथा परिश्रम गर्नुपर्ने बाध्यता रहेको थियो ।

‘खानेपानीको ठूलो समस्या थियो बस्तुभाउ र सिँचाइका लागि त कुरै छाडौँ’, सिञ्जालीले भने, ‘अहिले गाउँका सबै घरमा खानेपानीको धारामार्फत निरन्तर पानी आउँछ, धेरै राहत भएको छ ।’ गाउँमा खानेपानी समस्या भएपछि करिब छ वर्षअघिदेखि योजनाको काम थालिएको वीर डाँडा–मैदान खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाले बताए ।

वीर डाँडा, मैदान, पल्ली गाउँ र रिपका गरी ६५ घरधुरीमा एक घर–एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको अध्यक्ष रानाले बताए । मूलदेखि एकसय १७ मिटर ‘भर्टिकल’ उचाइमा विद्युत्मार्फत पानी तानेर पल्ली गाउँ तथा वीर डाँडामा निर्माण गरिएका ट्याङ्कीबाट घर–घरमा पानी पुर्‍याइएको हो । ‘गाउँमा भएका कुवाबाट पानी खानुपर्थ्यो, सफा हुँदैनथ्यो, त्यही पनि फागुनदेखि जेठसम्म पानी पुग्थेन’, अध्यक्ष रानाले भने, ‘मान्छेलाई खानसमेत पानी कहिले पाइन्थ्यो कहिले पाइन्नथ्यो, राति धेरै नसुतेरै पानीको जोहो गर्न जानुपर्थ्यो ।’

पशु चौपायालाई खोलामा लगेर पानी खुवाउनुपर्ने बाध्यता थियो । घर–घरमै मिटर जडान गरेर २४ दसैँ घण्टा पानी वितरण गरिएको छ । न्यूनतम युनिटसम्म एकसय प्रतिघर उठाउने र न्यूनतमभन्दा माथि पानी प्रयोग गर्नेलाई प्रतियुनिट दशका दरले थप गर्दै लगिने अध्यक्ष रानाले बताए ।

गण्डकी प्रदेश सरकारको ९१ लाख २० हजार, स्थानीय जनश्रमदान दश लाख १० हजार गरी कूल एक करोड एक लाख ३० हजारमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस