२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनामै उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृत खोज्न मन्त्रालय धाउँदै मेयर

अ+ अ-

काठमाडौँ । बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएको छ । 

चैत्र अन्त्यतिर मात्रै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ओम प्रकाश पाण्डेको राजनीतिक खिचातानीका कारण एक महिनामै पुनः सरुवा भएपछि नगरपालिकाको सम्पूर्ण काम रोकिएको हो । 

अधिकृत विहीन नगरपालिका भएको महिना दिन पुग्नै लाग्दा पनि को आउने भन्ने अझै कुनै ठेगान नभएको नगरपालिकाको सामाजिक विकाश समिति संयोजक हरिस विष्टले बताए । उनले भने, ‘आषाढ मसान्त नजिकिँदै छ, प्रशासनिक र आर्थिक कारोबार सबै रोकिएका छन्, योजनाको भुक्तानी दिन बाँकी छ, सामाजिक सुरक्षा भत्ता लगायत नगरपालिकाका गर्ने अत्यावश्यक सबै काम रोकिएका छन् ।’

वडा नम्बर ८ का वडाध्यक्षसमेत रहेका विष्टका अनुसार नगर कार्यपालिकाको निर्णयसहित नगर प्रमुख गौरी सिंह रावल काठमाडौँ आएर करिव २/३ हप्ता देखी मन्त्रालय धाइरहेका छन् । राजनीतिक खिचातानीका कारण यसअघि निमित्तको जिम्मेवारी सम्हालेका राजेन्द्र भट्टलाई जिम्मेवारी दिन आनाकानी गरिएको छ । 

उपसचिवको दरबन्दी रहेको नगरपालिकामा शाखा अधिकृतलाई जिम्मेवारी नदिइएको हो । 

मेयर रावलसँग आफूहरू सम्पर्कमा रहेको भन्दै विष्टले सोमबारसम्म अधिकृतको टुङ्गो लाग्ने जानकारी पाएको बताए । यदि सोमबारसम्म पनि नगरपालिकामा आउने अधिकृतको टुङ्गो नलागे उपप्रमुख सहितको टोली काठमाडौँ आउने तयारीमा रहको उनले बताए । 

उनले भने, ‘नगर प्रमुख ज्यूले सोमबार सम्म हुन्छ भन्नुभएको छ, यदि भएन भने उपप्रमुख कमल बोहरासहितको टोली काठमाडौँ आउँदै छौँ ।’

यता नगर प्रमुख रावलले मन्त्रालय धाउँदा-धाउँदै आफु आतङ्कित भइसकेको बताएका छन् । ४ पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई भेटे पनि अधिकृत पाउने कुनै टुङ्गो नलागेको बताए । 

रावलका अनुसार आन्तरिक बढुवाबाट उपसचिव आएपछिमात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिने मन्त्रालयको जवाफ छ ।  

उनले भने, ‘काठमाडौँ आएको ३ हप्ता भइसक्यो, म आतङ्कित भइसकेको छु, ४ चोटि मन्त्रीलाई भेटिसके उपसचिव छैन, शाखा अधिकृतलाई पठाउन मन्त्रालयले मान्दैन ।’ उनले थपे,’भोलि आन्तरिक बढुवा हुँदै छ रे त्यसपछि सबै प्रक्रिया मिलाएर जेठ पहिला सातासम्म हामीले मान्छे पाउने आश्वासन पाएका छौँ ।’ 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारीलेसमेत तलब नपाएको गुनासो गरेका छन् ।