काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज सकिएन । बयान मङ्गलवार पुन लिइने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मङ्गलवार पनि निरन्तर हुने भएको हो ।
आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए ।