काठमाडौँ । जिल्ला अदालत सप्तरीले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा सघाएको अभियोग लागेका तत्कालीन जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत किशोरकुमार रामलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
थुनछेक बहसपछि न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासबाट शाखा अधिकृत लाई ५० हजार धरौटीमा छाड्न आदेश भएको सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिए। किशोरकुमार शुक्रबार जिल्ला अदालत सप्तरीमा आफैँ हाजिर भएका थिए।
यस प्रकरणमा मसछीएका २८ जना मध्ये राम सहित ५ जना अदालतमा उपस्थित भएका सूचना अधिकारी पोखरेलले बताए ।
अदालतले बुधबार किशोरसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
यसअघि यस मुद्दामा प्रतिवादी बनाइएका राजविराज नगरपालिका– ११ का वडाध्यक्ष उदीतनारायण यादव एक लाख रुपैयाँ र स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटीमा बिहीबार रिहा भएका थिए। नागरिकता लिएका सतिश र बुबा दाबी गरिएका सूर्यनारायण जनही एक-एक लाख धरौटीमा जेठ १ गते रिहा भएका थिए।