११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञापन खुलेको छैन, गलत सूचनातर्फ नलाग्नुहोला : नेपाल टेलिकम

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले पछिल्ला दिनहरूमा कम्पनीमा विज्ञापन खुलेको भन्दै गलत सूचना प्रवाह भइरहेको विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

बुधबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत फैलिरहेका सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।

यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिङ्कबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

कम्पनीले भनेको छ, “केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरूमा काम गर्न विज्ञापन खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

आधिकारिक सूचना राष्ट्रिय दैनिक तथा कम्पनीको वेबसाइटमा मात्र प्रकाशित हुने नेपाल टेलिकमले बताएको छ ।

“कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस