२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम जनतासँग जोडिनुपर्ने बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहजीकरणमा बिहीबार पोखरामा आयोजित नेपाल सरकार, प्रदेश सरकार र विकास साझेदार बीचको अन्तरक्रियामा उनले जनताको आर्थिक तथा सामाजिक पक्ष कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

प्रदेश र स्थानीय तह मिलेर जनताको रोजगारी कार्यक्रम कसरी अघि बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले अबका कार्यक्रम आर्थिक अभिवृद्धिसँगै पूर्वाधारको विकास आदितर्फ केन्द्रित हुनुपर्ने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सरोकारवाला बीचको छलफल एवं अन्तरक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी अघि बढाइने बताए । 

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सम्बन्धमा जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव स्किम श्रेष्ठले यो कार्यक्रम संविधान बमोजिम सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए ।

प्रदेश र स्थानीय शासन प्रणाली र प्रक्रिया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि सहकारी सङ्घीयताका लाभ अभिवृद्धि गराउनु कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए । प्रादेशिक तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पङ्गेनी, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्ण देवकोटालगायतले कार्यक्रमलाई परिणाममुखी बनाउने किसिमले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।