२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघ संरक्षणका लागि सडक नाटक

अ+ अ-

भरतपुर । १९ वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी ब्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन् । उनी आफूमात्र नभई अरूलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन् । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका बारेमा झन् ज्ञान बढेको बताउछिन् ।

स्नातक तह अध्ययन गरिरहेकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उनी अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्ने गरेकी छन् । यो अभियानमा स्याङ्ताङ एक्लो छैनन्। उनीसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी । ‘गाउँमा बाघले निकै दुःख दिन्छ । बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ । तर हामी बाघकै संरक्षणमा जुटेका छौँ’, स्याङ्ताङले भनिन्, “हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ ।’ उनले गाउँका चोक–चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताइन् । ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर–किशोरी सडक नाटक देखाउने अभियानमा छन् ।

ठोरी गाउँपालिका–१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउछन् । उनी पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरूलाई बुझाउन सक्ने भएको बताउछिन् । सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उनले सुनाए ।

सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर–किशोरीसँगै बाघ संरक्षणको अभियानमा जुटेका छन् । उनले भन्छन्, ‘किशोर–किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुने देखिन्छ ।’

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताए । ‘यहाँ वन्यजन्तुपीडित धेरै हुनुहुन्छ, उनले भने, ‘बाघले गाउँघरमा पसेर गाईबस्तु, बाख्रा, बङ्गुर खाने गरेको छ’, उनले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जका २२ समितिमार्फत बाघ संरक्षणका काम भइरहेको छ । उनले वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको बताए । ‘गाउँ गाउँमा पुगेर सचेतना फैलाउने काम कोरोनाका कारण रोकिएको थियो’, उनले भने, ‘अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौँ ।’उनले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने भन्दै सडक नाटक प्रभावकारी बनेको बताए ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताए । उनले बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको जानकारी दिए । बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम (ताल)ले सहकार्य गरेको छ ।

कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताए । मानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छ’, उनले भने,’नजिक भएकै कारण घटना धेरै हुने गरेको छ ।’ उनले तालमार्फत चेतनामूलक कार्यक्रम र आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । यो तीन निकुञ्ज जोडिएको क्षेत्र पनि हो । पौडलेले बोलेर, पढेर भन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षणमा प्रभावकारी भूमिका देखिने बताए । ‘सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौँ’, उनले भने ।